You are viewing the translated version of विशेषज्ञ समूह वा कार्यदल.
Rule 48
विशेषज्ञ समूह वा कार्यदल
(१) ऐनको दफा १६ को उपदफा (१) बमोजिम विशेषज्ञ समिति वा कार्यदल गठन गर्दा सामान्यता देहायका क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेका विशेषज्ञ समावेश गर्नु पर्नेछ:-
(क) इन्जिनियरिङ्ग,
(ख) पूर्वाधार संरचना निर्माण वा सञ्चालन,
(ग) चिकित्साशाख्र,
(घ) सञ्चार तथा सूचना प्रविधि,
(ङ) वित्त बिश्लेषण तथा लेखापरीक्षण,
(च) व्यवस्थापन, वाणिज्यशास्त्र, अर्थशास्त्र, बैकिङ्ग वा बीमा,
(छ) कानून,
(ज) वन तथा बन्यजन्तु संरक्षण,
(झ) कृषि,
(ज) वातावरण संरक्षण,
(ट) परियोजना विश्लेषण,
(ठ) बौद्धिक सम्पत्ति,
(ड) पर्यटन,
(ढ) बोर्डले तोकेको अन्य क्षेत्र ।
(२) उपनियम (१) बमोजिम विशेषज्ञ समिति वा कार्यदल गठन गर्नको लागि कार्यालयले सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सूची खडा गरी त्यस्तो सूची अघ्ावधिक गर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूची तयार गर्न कार्यालयले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित विशेषज्ञको वैयक्तिक विवरण माग गरी त्यस्तो सूची अद्यावधिक गर्न सक्नेछ ।
(४) विशेषज्ञ समिति वा कार्यदलका सदस्यको पारिश्रमिक तथा अन्य सुविधा त्यस्तो समिति वा कार्यदल गठन गर्दाका बखत निर्धारण भए बमोजिम हुनेछ ।